अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५
| Colorodo: 13:50
घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको सफल शल्यक्रिया गरिएको छ । बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा शल्यक्रियामार्फत गिरीको आखाँमा गडेर रहेको हँसिया निकालिएको हो । डेढ घण्टाभित्रै अस्पताल लगिएकी अंशुको जटिल शल्यक्रिया गरी आँखा सकुशल जोगाएर हँसिया निकालिएको उपचारमा सलग्न डा. धिरज गिरीले जानकारी दिनुभएको छ ।
दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो । अंशुको दाहिने आँखाबाट घोपिएको हँसिया देब्रे आँखासमेत भेट्ने गरी फसेको थियो । अस्पतालले उपचार पूरा भएपछि उनलाई घर पठाईसकेको छ ।