अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

नेकपाको चियापान कार्यक्रम (फोटो फिचर)

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ५:०८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दशै, तिहार, छठ, ईद र नेपाल संवतको अवसरमा आज  चियापान कार्यक्रमको आयोजना गर्यो । राजधानीको भृकुटीमण्डपमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ता, विशिष्ट व्यक्तिहरु सहित सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको वताउनुभएको छ । मुलुकमा समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सन्दर्भमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको प्रचण्डले वताउनुभयो ।

चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगायतको उपस्थिति रहेको छ । प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी ओली भने अपरान्ह ३ बजेपछि कार्यक्रममा उपस्थित हुने भनिएपनि अस्वस्थताको कारण उपस्थित हुन सक्नुभएन ।

नेकपाले चियापानमा चिया, कचौरी, निम्कीन, केरा लगायत परिकार राखेको थियो । चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको थियो । यस्तै भीआईपी पाहुनाको लागि भने २ हजार स्वान्डविच तयार गरिएको थियो । २ हजार स्यान्डविचमा ३५ किलो चिज र ३५ किलो बटर राखिएको जनाईएको छ । जसअनुसार ब्याङ्केटले २० हजार जनाको लागि नास्ता तयार पारेको जनाएको छ ।

ब्याङ्केटका एक कर्मचारीका अनुसार चियापान कार्यक्रमकै लागि कात्तिक ३ गतेदेखि निम्कीन, खस्ता कचौरी, लड्डूलगायतका परिकार तयार गर्न थालिएको थियो । जसका लागि ३ गतेदेखि नै २० जना कूक खटिएका थिए । आजको चियापानका लागि फिल्डमा अर्पण ब्याङ्केटका १५० कर्मचारी खटिएको जनाइएको छ । नेकपाले चियापानका लागि ५० हजारलाई निमन्त्रण दिएको बताइएपनि नास्ता भने २० हजार जनाको लागि मात्रै तयार गरिएको थियो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।

 

प्रतिक्रिया