अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

जुम्लामा जीप दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

बिआरटीनेपाल २०७५ कार्तिक ७ गते ८:१३ मा प्रकाशित

जुम्लाको बड्कीमा बुधबार जीप दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जुम्ला सदरमुकामदेखि सिंजा जाँदै गरेको बा १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका–१ बड्कीमा दुर्घटना हुँदा नाबालिकासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख सीताराम रिजालका अनुसार सुर्खेतका लागि छुटेको बुलबुले यातायात प्रालीको जीप बिरामी लिन नराकोट पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिकाका २६ वर्षीय लाले शार्की, उनकी २५ वर्षीया पत्नी जानकी सार्की र तीन वर्षीया छोरीको रहेकी छिन । दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

दुर्घटनाग्रस्त जीप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको थियो । यस्तै बुधबार नै नवलपरासीबाट रारा घुम्न गएका आन्तरिक पर्यटक सवार जीप सिंजास्थित गोठीजीउलामा दुर्घटनामा परेको छ । दुर्घटनामा यात्रु सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू