अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा काठमाण्डु पाँचौं स्थानमा

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:३७ मा प्रकाशित

नेपालको राजधानी काठमाण्डौं विश्वभरमा घुम्नका लागि अति उत्कृष्ट १० शहरमध्ये पाचौं स्थानमा परेको छ । सन् २०१९ मा विश्वका घुम्नलायक सहरको सूचीमा काठमाण्डु पनि परेको हो । लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाण्डुलाई पाँचौं नम्बरमा समेटेको छ ।

लोन्लीले निकालेको घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा काठमाण्डुले मेक्सिको सिटी, सेनेगल, वासिङ्टन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ । उक्त सूचीअनुसार पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन परेको छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी र पाँचौमा नेपालको राजधानी काठमाण्डु परेको हो ।

तीन वर्ष अघि भूकम्पले क्षति पुगेको सहरले पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । हर्न निषेध गरिएको, पुरातात्विक सहर र हिमाली क्षेत्र प्रवेशको ढोकाको रुपमा समेत काठमाण्डौंलाई परिचय दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू