अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

मन्त्रीपरिषद् पुर्नगठन हुने – नेकपा नेता पौडेल

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:२५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले मन्त्री परिषद् पुर्नगठन हुने बताउनुभएको छ । पार्टीको आगामि स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने पौडेलको जिकीर रहेको छ ।

राजधानीमा रिपोर्टस क्लवको साक्षत्कारमा नेता पौडेलले प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारको काम प्रभावकारी नभएको जिकीर गर्नुभयो । नेता पौडेलले मान्छे फेरेर मात्र भन्दा पनि अनुभवी मान्छे आवश्यक हुने पनि उल्लेख गर्नुभयो । मन्त्रीहरुले सुशासन लगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको पौडेलको भनाई थियो । वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भई नसकेको पौडेलको धारणा रहेको छ ।

वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने कुरामा पूर्ण प्रतिबद्ध रहेको नेता पौडेलको भनाई छ । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण दुःखद्, निन्दनीय र अमानवीय रहेको नेता पौडेले टिप्पणी गर्नुभयो । पन्त हत्या प्रकरणमा सरकार र मन्त्रीहरुको कामबारे जोडेर विरोध नगर्न विपक्षी नेताहरुलाई उहाँले आग्रह गर्नुभयो । सामाजिक अपराधका घट्ना न्युनीकरणका लागि सबै एकजुट हुनुपर्ने नेता पौडेलेको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू