अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

कास्कीमा सामाजिक जागरण अभियान

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:२४ मा प्रकाशित

अपराध नियन्त्रणका लागि सामाजिक जागरण अभियान २०७५ अन्तर्गत शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको छ । महिला हिंसा, बलात्कार लगायतका सामाजिक विकृति विसंगति लगायतका गतिविधिलाई निरुत्साहित गर्ने उद्देश्यले शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लाका सरकारी कार्यालय, विभिन्न सामाजिक संस्थाहरुको सहभागितामा प्रर्दशन गरिएको हो । सभागृहबाट न्यूरोड हुँदै प्रदर्शन गरिएको शान्तिपूर्ण र्यालीपछि चिप्लेढुंगास्थित मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले सामाजिक विकृति विसंगतिका घटनामा न्यूनीकरणका लागि जुट्नुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागीहरुले महिला हिंसा लगायतका सामाजिक विकृति विसंगतिका घटना निरुत्साहित गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू