अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

नुवाकोटमा बस दुर्घटनामा, ३ जनाको मृत्यु, ५५ यात्रु घाईते

बिआरटीनेपाल २०७५ असोज २६ गते ९:१८ मा प्रकाशित

नुवाकोटको गणेशस्थानमा यात्रुवाहक वस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ५५ यात्रु घाईते भएका छन् । घाईतमध्ये ३३ जनाको अवस्था गम्भिर रहेको छ । नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस शुक्रवार सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा भएको थियो । दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ ,५९ वर्षीय भगवान कडेंल तथा चितवन मुग्लिङका ५६ वर्षका बलराम तिवारी को मृत्यु भएको हो ।

नुवाकोट प्रहरीले दिएको जानकारी अनुसार तामाङ र तिवारीको घटनास्थलमा र कँडेलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्र्घटनामा परी गम्भीर घाइते भएकामध्ये ३३ जनाको काठमाडौंमा उपचार भैरहेको छ भने २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाँउपालिका–३ राउतवेशीको झगरेबाट त्रिशूलीतर्फ छुटेको बा.१ ख ६३५६ नं. को बस बिहान करिब दश बजे गणेशस्थानको छेरीखोला भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । पूरानो गाडीमा क्षमताभन्दा बढी यात्रु राखेर तिव्र गतिमा चलाउँदा बसले सन्तुलन गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू