अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

हरितारा चलचित्र पुरस्कार घोषणा, लय संग्रौला र रेखा थापालाई प्रदान गरिने

बिआरटीनेपाल २०७५ असोज २४ गते ११:२८ मा प्रकाशित

दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम र बिजयरत्नलाई
रामकाजी घिमिरे, शिव विक र शोभिता सिम्खडालाई परिवर्तन सम्मान

हरितारा चलचित्र पुरस्कारका संरक्षक श्री मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक श्री लय संग्रौला र अभिनेत्री तथा निर्माता÷निर्देशक श्री रेखा थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

३ दशक भन्दा बढी समय देखि नेपाली रङ्गमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पुर्याए बापत श्री लय संग्रौला र लगभग दुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पुर्याए बापत श्री रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ अर्पण गर्ने निर्णय गरिएको छ । हरितारा चलचित्र पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।

त्यसै गरी परिवर्तन नेपालको कार्यसमितिको बैठकले ३ दशक देखि नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए बापत अभिनेता श्री उत्तम केसीलाई र नेपाली रङ्ग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए बापत श्री विजय रत्न तुलाधरलाई श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही १० हजारको रहेको छ । 

यस्तै अभिनेता निर्देशक श्री रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिने समेत निर्णय गरिएको छ ।

पुरस्कार तथा सम्मान तिहार पछि गरिने आयोजना समारोहमा अर्पण गरिने कुरा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्धारा प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत वर्ष अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रका शान्तिप्रियलाई हरितारा पुरस्कार, कलाकार सुभाष गजुरेललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरएिको थियो । नेपालको चलचित्र सम्बन्धी सबैभन्दा पुरानो पुरस्कारका रूपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।

प्रतिक्रिया