अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

चर्चित गायक शिव परियारको ‘सुनको माया’ बोलको गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज २४ गते ११:१७ मा प्रकाशित

नेपालीहरूको महान् पर्व शुभ विजया दशमी तथा शुभ दीपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्ना फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत उपहार दिएका छन् ।लोक रक जनराको गीत आज आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरूको लागि उपहार स्वरूप रिलिज गरिएको बताएका छन् । 

आफ्नो ११ औँ एलबम ‘शिवालय’ मा समावेश ‘सुनको माया’ बोलको गीत आज रिलिज गरिएको हो । सार्वजनिक ‘सुनको माया’ बोलको गीत शिव परियारको अहिले सम्मको गीत भन्दा निकै फरक रहेको गायकले शिवले बताएका छन् । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक श्रोताहरूले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाई रहेको छ ।

सार्वजनिक गीतमा शिव परियारको स्वर र सङ्गीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ । गीतमा मन्जिल विक्रम केसीको सङ्गीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । गीत जस्तै म्युजिक भिडियो पनि निकै रमाइलो बनेको छ ।

विकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । 

प्रतिक्रिया