अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

संचार विज्ञ लक्ष्मण हुमागाईको नयाँ पुस्तक प्रसारणका सिद्धान्त र विकास सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज २३ गते १९:०५ मा प्रकाशित

संचार विज्ञ लक्ष्मण हुमागाईको नयाँ पुस्तक प्रसारणका सिद्धान्त र विकास सार्वजनिक भएको छ । हिजो सार्वजनिक भएको उक्त पुस्तक नेपाली भाषाको प्रसारण सम्वन्धी पहिलो एकिकृत पुस्तक हो । पुस्तकमा रेडियो, टेलिभिजन, चलचित्रका साथै आम संचार र प्रसारण पत्रकारीतावारे विस्तृतमा चर्चा गरिएको छ । विभिन्न विश्वविद्यालयमा पढाई हुने प्रसारण पत्रकारीता सम्वन्धी पुस्तकको अभावलाई यस पुस्तकले पुर्ति गर्ने दावी लेखकको छ ।

विश्वविद्यालयहरुमा रेडियो, टेलिभिजन र चलचित्र सम्वन्धी पढाई लामो समयदेखि हुदै आएको थियो । पत्रकारितामा प्रसारण तर्फको रुची धेरै विद्यार्थीमा हुने भएपनि पुस्तकको अभावमा स्तरीय पठन पाठन हुन सकिरहेको थियन । नेपालमा प्रसारण क्षेत्रमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई छोड्ने हो भने नीजि क्षेत्रको प्रवेश भएको २० बर्ष मात्र भयो । देशभर करिव ५०।६० वटा टेलिभिजन, झण्डै पाँच सय रेडियो संचालनमा आउदा पनि दक्ष जनशक्तिको अभाव कायमै छ । अध्ययन र अध्यापनमा पनि पुस्तकको अभाव टड्कारो देखिन्छ । उक्त अभावलाई प्रस्तुत पुस्तकले केहि हदसम्म पुर्ति गर्ने दावी प्रसारण विज्ञहरुको छ ।

नेपाल टेलिभिजन महाप्रवन्धक सहित करिव २० बर्ष र हालको जनता टेलिभिजनको महाप्रवन्धक हुमागाईले प्रसारण क्षेत्रमा गहिरो अध्ययन गर्नु भएको छ । विश्वका ४० भन्दा वढी मुलुक भ्रमण गरि तालिम तथा सेमिनारमा सहभागी हुनु भएको छ । विभिन्न कलेजमा प्राध्यापनमा समेत सहभागी हुमागाई कुशल प्रशासक, प्रसारण विद् र पत्रकार हुनुहुन्छ ।

पाँच भागमा विभक्त पुस्तकमा पहिलो खण्डमा प्रसारणको अर्थ परिभाषा, सिद्धान्त, विकासका वारेमा चर्चा गरिएको छ । दोश्रो भागमा रेडियोको चर्चा छ । विश्वमा रेडियोको विकास, विस्तार, नेपालमा रेडियोको स्थापना र विकास, रेडियोमा प्रयोग हुने प्रविधि लगाएत रेडियो प्रसारण सम्वन्धी जानकारी समावेश गरिएको छ । तोश्रो भागमा टेलिभिजनको विश्वमा विकास, नेपालमा टेलिभिजनको विकास, टेलिभिजन प्रविधि, टेलिभिजन प्रसारण लगाएतका विषयमा चर्चा गरिएको छ । चौथो भागमा चलचित्रको वारेमा चर्चा गरिएको छ । विश्वमा चलचित्रको विकास, नेपालमा चलचित्र निर्माण, विकास, शाही नेपाल चलचित्र संस्थान, चलचित्र विकास वोर्डको गठन उदेश्य देखि चलचित्रको निर्माण, लेखन र प्रस्तुतिका वारेमा चर्चा गरिएको छ । पाचौ तथा अन्तिम भागमा रेडियो तथा टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रसारण, गुणस्तर निर्धारण, प्रसारणमा समाचार लेखन, प्रस्तुति, सम्पादन लगाएतका विषयमा चर्चा गरिएको छ ।

पुस्तक लेखन कार्य कतिको सजिलो महशुस गर्नु भयो भन्ने हाम्रो प्रश्नमा पुस्तकका लेखक लक्ष्मण हुमागाईले पुस्तक लेखन कार्य सोचेभन्दा गाह्रो भएको वताउनु भयो । जतिनै कठिनाई भएपनि पुस्तक हातमा पर्दा आनन्द आउने हुमागाईको भनाई थियो । उहाँले भन्नुभयो यो पुस्तक मेरो पाठककालागि पहिलो भेट हो । निकट भविश्यमै प्रसारण व्यवस्थापनको विषयमा चर्चा गरिनेछ ।

पुस्तक लेखनमा कहाँवाट प्रेरीत हुनु भयो भन्ने हाम्रो प्रश्नमा पुस्तकका लेखक लक्ष्मण हुमागाईले आफु स्नात्तकोत्तर तहमा आम संचार तथा पत्रकारिता सम्वन्धी अध्ययनको क्रममा कुनै पुस्तक नपाए पछि पुस्तक लेखनमा आकर्षित भएको वताउनु भयो । आफ्नो स्नात्तकोत्तर तहको पढाईको शोधपत्र सार्वजनिक प्रसारण सेवाको वारेमा पुस्तक तयार पार्ने सोचमा रहेको वेला विद्यार्थीको माग र आवश्यकतालाई महशुस गरि यो पुस्तक लेखेको हुमागाईले वताउनु भयो ।

निकट भविश्यमै प्रसारण व्यवस्थापनको पुस्तक प्रकाशनको तयारीमा रहेका हुमागाईले सार्वजनिक प्रसारण सेवा सम्वन्धी पुस्तक लेख्ने सोचमा रहेको वताउनु भयो । उहाँले जनप्रशासन तर्फको स्नात्तकोत्तर गर्दा तयार पारेको शोधकै आधारमा विज्ञापन रहित नीति आएको, आमसंचार तथा पत्रकारीताको स्नात्तकोत्तर तहको शोधको विषय सार्वजनिक प्रसारण सेवा समेत गठनको तयारीमा रहेको भन्दै आफ्ना दुवै शोधपत्र सरकारको नीति वन्न सफल भएको वताउनु भयो । प्रसारण क्षेत्रमै विद्यावारीधि गर्दे गरेका हुमागाईले विद्यावारीधिको शोध प्रसारणको नियामक निकायमा गर्ने र सो समेत सरकारको नीतिमा पर्ने वताउनु भयो ।

भृकुटी प्रकाशनले प्रकाशनमा ल्याएको उक्त पुस्तक करिव २ सय ५० पेजको रहेको छ । पुस्तक प्रकाशनको दृष्टिले उपयुक्त गुणस्तरको भएपनि भित्र प्रयोग गरिएका चित्र भने विभिन्न वेभसाईटवाट लिईएको हुमागाईले वताउनु भयो । गुणस्तरको हिसावले उपयुक्त देखिएको यो पुस्तक केहि महंगो भएको गुनासो उपभोक्ताको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू