अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

बामदेवको लागि निःशर्त पद त्याग्न रामवीर तयार, सांसद पदवाट राजिनामा दिने घोषणा

बिआरटीनेपाल २०७५ असोज २३ गते ९:१८ मा प्रकाशित

काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टी समक्ष राजीनामा दिएको घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने वताउनुभयो ।

पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेको र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी उहाँको लागि पद त्याग गर्न तयार भएको स्पष्ट पार्नुभयो । देशमा शान्ति र समृद्धि आवश्यक भएकोले पार्टीले निर्णय गरे अनुसार आफू वामदेवका लागि निशर्त पद छोड्न तयार भएको उहाँको जिकिर थियो ।
पार्टीले निर्णय गरेपछि सांसद पदको राजीनामा संसद सचिवालयमा बुझाउने मानन्धरको भनाई छ ।

उक्त क्षेत्रबाट नेकपाका नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने रणनीतिअन्तर्गत् आफूले राजीनामा दिन चाहेको पनि मानन्धरले वताउनुभयो ।मानन्धर काठमाडौं ७ बाट दोस्रो पटक प्रतिनीधि सभा सांसदमा निर्वाचित हुनुभएको थियो । मानन्धर पछिल्लो निर्वाचनमा सो क्षेत्रवाट १८ हजार १ सय २ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू