अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

काँग्रेसले जितेका स्थानीय तहमा स्रोत साधनको मनपरी – मुख्य मन्त्री गुरुङ

बिआरटीनेपाल २०७५ असोज २२ गते ९:२२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली काग्रेसले नेतृत्व गरेका गाउँपालिका र नगरपालिकामा नियम कानुन केही नबनाई मनपरी ढंगले खर्च गर्दै स्रोत साधनको दुरुपयोग गरेको बताउनुभएको छ । सोमबार पोखरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश स्तरीय स्थानीय सरकार प्रमुख , उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु संगको अन्तरक्रिया एवं सुझाब संकलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री गुरुङले काग्रेसले जस्तो मनपरि नगरी नेकपाले जनपक्षीय काम गरेर जनताको मन जित्नुपर्ने बताउनुभयो । उहाँले नेकपाले नेतृत्व गरेका नगरपालिका र गाउँपालिका प्रमुख उप प्रमुखलाई पार्टीले गाइड गर्ने वताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे (उत्तम)ले समाजबादको बैचारिक आधार स्थानीय सरकारबाट शुरु हुने बताउनुभयो । गण्डकी प्रदेशमा ५०.७१ प्रतिशत स्थानीय सरकारमा नेकपाको नेतृत्व रहेको बताउदै पाण्डेले स्थानीय जनतासंगको सहकार्य र समन्वयमा काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा बोल्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले निर्बाचनको बेला घोषणा गरेको घोषणापत्र अनुसार नेकपाले काम गर्दैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू