राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशका विभिन्न पार्टीसँग चाँडै नै एकता हुने वताउनुभएको छ । विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा शनिबार केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राप्रपा परिवेशका विभिन्न पार्टीसँग यसबारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको जानकारी गराउनुभयो ।
अध्यक्ष थापाले नेपालीपन र पहिचान झल्काउने पर्वको विशिष्ट महत्व रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा पार्टी निरन्तर क्रियाशील रहेको वताउनुभयो । नेपाली संस्कृतिमा सदियौं देखि स्थापित घटस्थापनाका दिन सरकारले सार्वजनिक बिदा कटौती गर्न नहुने थापाको भनाई थियो । अध्यक्ष थापाले मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायका विभिन्न चाडपर्वले सामाजिक सद्भाव र एकता अभिवृद्धिमा सहयोग पु¥याईरहेको वताउनुभयो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्ने नवप्रवेशीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी स्वागत गर्नुभएको थियो ।