अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

पुष्पललाई रक्सी पिलाउँदै प्रियङ्का (भिडियो)

बिआरटीनेपाल २०७५ असोज २० गते ७:११ मा प्रकाशित

काठमाडौँ । नायिका प्रियङ्का कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ । ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको सङ्गीत छ । हेरौँ भिडियो

चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाङ्कन र विकास धमलाको सम्पादन छ । भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । गायक मानन्धरले यसअघि पनि थुप्रै गीतहरू गाउनुभएको छ । उनले यसअघि ‘तिमी मान या नमान’, ‘तिम्रो अँगालोमा’ लगायतका गीतहरू सार्वजनिक भई सकेका छन् ।

 

https://www.youtube.com/watch?v=eMEJomvxIwc

प्रतिक्रिया