अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

बुगी वुगीबाट चर्चामा आएका सृष्टि र रविनको पहिलो म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज २० गते ७:०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो बुगी वुगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका कलाकार सृष्टि महर्जन र रविन भुजेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोनन सुब्बाको स्वरमा रहेको ‘सुन्न मैयाँ…’ बोलको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन । गीतमा बाबु बोगटीको शब्द सङ्गीत रहेको छ ।

सुबेदीकै कन्सेप्ट रहेको भिडियोले काठमाडौँका घर भेटी र सडकको अवस्थालाई समेत व्यङ्ग्य प्रहार गरेको छ । रमाइलो शैलीमा निर्माण भएको भिडियोमा रविनको र सृष्टि दुवैको डान्सले समेत प्राथमिकता पाएको छ ।

बुगी वुगीमा सर्वाधिक रुचाइए पनि उत्कृष्ट ५ बाट बाहिरिएका यी कलाकारहरूले भिडियोमा आफ्नो कलमय जादु छर्न सफल भएका छन् । बुगीवुगी पछिको पहिलो भिडियो भएकोले पनि रविन र सृष्टि दुवै उत्साहित देखिएका छन् ।

निर्देशक सुवेदीले गीतको भाव अनुरूप नै भिडियो तयार गरेको बताएका छन् । गीतको सबै पक्ष अब्बल रहेकोले दर्शकले मन पराउनेमा गायक रोनन पनि निकै आसावादी देखिएका छन् ।

भिडियोमा अनिल के. मानन्धरको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन र रोहिया महर्जनको कोरियोग्राफी रहेको छ । 

 

https://www.youtube.com/watch?v=ZiyK_K1VBPc

प्रतिक्रिया