अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

बैंकिङ कसुरमा दोषी ठहर भएका ज्ञवाली पक्राउ

बिआरटीनेपाल २०७५ असोज १९ गते ६:३४ मा प्रकाशित

महानगरीय अपराध अनुसन्धान महाशाखाले बैंकिङ कसुरमा दोषी ठहर फरार रहेको तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई पक्राउ गरेको छ ।

अपराध अनुसन्धान महाशाखाले ज्ञवालीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइसकेको छ । फरार रहेका ज्ञवालीलाई अब फैसला कार्यान्वयनका लागि पेस गरिनेछ ।

ज्ञवालीलाई जम्को प्रकाशनको नाममा सिदार्थ डेभलपमेन्ट बैंकबाट १२ करोड कर्जा लिएर अनियमिता गरेको आरोप पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेको थियो । ज्ञवालीलाई चार वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।
अदालतले ज्ञवालीसहित ८ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो ।

समस्यामा परेका किस्ट बैंकलाई प्रभु समहुले किनी प्रभु बैंकको रुपमा संचालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू