अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

पोखरामा लायन्स नाइट हुने

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:४२ मा प्रकाशित

पोखरामा लायन्स क्लव अफ पोखरा टुरिजम सिटीको आयोजनामा लायन्स नाइट हुने भएको छ । क्लवले हरेक बर्ष आयोजना गर्ने लायन्स नाइट यस बर्ष रोयल पाल्म रिसोर्टमा गर्न लागिएको पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
क्लवका अध्यक्ष निरन केसीले लायन्स क्लबलाई ब्राण्डिङ्ग तथा फण्ड राइजिङ्गका लागि कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा लायन्स क्लव डिस्ट्रिक ३२५ बि वानका गर्भनर लायन अशोक श्रेष्ठ र लायन बर्ष सन् २०१७–१८ का गर्भनर धनराज आचार्यलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

विगतका बर्षमा गरिएका लायन्स नाइटबाट अमरसिद्ध आधारभूत विद्यालय कास्कीलाई नगद तथा शैक्षिक सामाग्री सहयोग तथा पर्वतमा बृहत स्वास्थ्य शिविर गरिएको र यस बर्षपनि सामाजिक सेवामा बचत रकम खर्च गर्ने क्लवका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

कार्यक्रम सम्पन्न गर्न ६ लाख खर्च लाग्ने र करिव ४ लाख रुपैयाँ बचत हुने अपेक्षा आयोजकको छ । कार्यक्रम सम्पन्न गर्नका लागि अध्यक्ष निरन केसीको संयोजकत्वमा विभिन्न समिति तथा उपसमिति गठन गरिएको पनि क्लवले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू