अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

म्याग्दी कोरला बस सेवा प्रारम्भ

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:३९ मा प्रकाशित

म्याग्दी कोरला यातायात प्रालीले पोखरादेखि मुस्ताङ सम्मको वस सेवा शुरु गरेको छ । म्याग्दीको बेनी देखि काठमाडौं सम्मको यातायात सेवा सञ्चालन गर्दै आएको म्याग्दी कोरला यातायात प्रालिले हिमाली जिल्लाको मौषमलाई मध्यनजर गर्दै हिटर जडित गाडी सञ्चालनमा ल्याएको हो । २७ सिट क्षमताको गाडीमा पोखरादेखि मुस्ताङको जोमसोम सम्मका लागिसेवा शुल्क बापत ११ सय रुपैया तिर्नुपर्नेछ ।

हाल ५ वटा बसबाट सेवा प्रदान गर्दै आएको कम्पनीले छिट्टै ६ वटा बस थप्ने तयारी गरिरहेको छ । सुपरडिलक्स लगायतका गाडी मार्फत पनि सेवा दिने लक्ष्य रहेको संचालक नरेश रोकायले जानकारी दिनुभयो । ६ महिना अघिनै विधिवत् रुपमा दर्ता भई स्थापना गरिएको प्राली मार्फत गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने हेतुले सेवा गरिरहेको रोकायको भनाई रहेको छ ।

विहीबार पोखरामा एक कार्यक्रमको आयोजना गर्दै प्रालीले पोखरा देखि मुस्ताङ सम्मको यातायात सेवा शुभारम्भ गरेको हो । संघीय संसद सदस्य प्रदिप गिरीले राजनीतिक आन्दोलनमा महत्पूर्ण योगदान दिएका युवाले व्यवसाय प्रारम्भ गरेको भन्दै सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले सुखी नेपाली समृद्ध नेपाल निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी, इन्द्रधारा विष्ट लगायतले उत्कृष्ट यातायात सेवा सञ्चालनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । भविष्यमा सौर्य र विद्युतीय गाडीहरु पनि सञ्चालन गर्ने प्रालिले लक्ष्य राखेको छ । भविष्यमा कोरलादेखि सुस्तासम्मको कालीगण्डकी करिडोरमा पनि सुविधायुक्त यातायात सेवा प्रदान गर्ने प्रालिको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू