अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

आँखामा छाँया सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज १८ गते ८:११ मा प्रकाशित

आँखामा छायाँ बोकेर बाँच्नु गार्‍हो त हुन्छ नै, अझ दु:खमा हाँस्नु त मुस्किल मात्र हैन असम्भव जस्तो नै हुन्छ । पीडामा पनि मनभित्र बस्ने भनेको आखिर याद रहेछ । जस्तोसुकै दु:ख सुखमा आफ्नो बन्ने भनेकै वास्तवमा याद नै हुन्छ। गीतमा यादको वर्णन गरिएको दु:खसुख लुकेको कथा समेटिएको छ ।

आफूसँग अरू केही नभए पनि साथमा याद हुन्छ बाचूँन्जेल मायामा यादले बाँच्न सिकाउने रहेछ । गीतले यस्तै भन्छ किन कि फुलको रूप राम्रो हुन्छ नै त्यसैले झल्कोमा लुक्ने सपना मान्छेहरूमा हुनुपर्छ । सायद यसैले होला तीन दशकभन्दा बढी साहित्यमा लागेर साहित्यभित्र रमाउने कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर”को रचनामा गायिका सङ्गीता रायमाझीको सुन्दर आवाजमा बुद्ध सायमीको सङ्गीत/एरेन्जमा, रोशन कुमारको निर्देशनमा दीप गुरुङको छायाङ्कनमा “आँखामा छाँया बोकेर बाँच्नु छ सधैँ हाँसेर” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

फरक तरिकामा भिडियो फरक शैलीमा तयारी भएको देख्न सकिन्छ भने चोट पीडाले भरिएको गीत एक पटक सुनेपछि फेरि सुनु सुनु लाग्ने मनभित्र वास बसे जस्तो हुने यस भिडियोको सम्पादन रियान शाहको रहेको छ । 

 

प्रतिक्रिया