अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

कास्की सवैभन्दा वढी गर्भपतन हुने जिल्ला

बिआरटीनेपाल २०७५ असोज १७ गते ९:२३ मा प्रकाशित

कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको छ । त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको पाईएको छ । परिवार नियोजन सङ्घ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार गर्भपतन गर्नका लागि कास्कीमा मात्रै ४० स्वास्थ्य संस्था छन् । गर्भपतन गर्नेमा शहरका महिला बढी हुने गरेको उहाँको भनाइ छ । गर्भपतन गराउनेमा कास्कीका बजार क्षेत्रकै मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही रहेको वताईएको छ । बाँकी प्रतिशत भने गाउँका महिला रहेका छन् । प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको अधिकारीको भनाई छ ।

त्यसैगरी कास्कीमा असुरक्षित गर्भपतनको समस्या समेत बढिरहेको छ । ११ प्रतिशतको संख्यामा २० वर्षमुनिका युवतीहरुले गर्भपतन गराउदै आएका छन् । उनीहरुले गैरकानुनी स्वास्थ्य केन्द्रमा गएर गर्भपतन गर्ने गरेको बताइएको छ । गर्भपतन गर्ने अधिकांश वैवाहिक सम्बन्धमा रहेकाहरु छन् ।

परिवार नियोजनको साधनको प्रयोगबारे जानकारी नलिने र प्रयोग गर्न नखोज्ने कारणले महिलाहरु गर्भपतनको जोखिम लिन बाध्य भएको अधिकारीको भनाइ छ । छोराको आशमा छोरीको भ्रण हत्या गर्नेहरुका कारणले पनि कास्कीमा गर्भपतन बढ्ने गरेको उहाको भनाई छ । गर्भपतन कम गर्नलाई महिला स्वयंले आफ्नो प्रजनन स्वास्थ्य अधिकारका बारेमा सचेत हुँदै परिवार नियोजनको साधनमा जोड दिनुपर्ने विज्ञहरु वताऊदछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू