अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

संघीयता कार्यान्वयनमा सरकारलाई कांग्रेसको साथ – कांग्रेस नेता सिंह

बिआरटीनेपाल २०७५ असोज १६ गते ९:२८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता कार्यान्वयन गर्ने सवालमा कांग्रेसले स रकारलाई सधैं साथ दिने र सहयोग गर्ने वताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१० ले मंगलबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न सरकारलाई कांग्रेसको पूर्ण साथ रहने विश्वास दिलाउनुभयो ।

नेता सिंहले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउदै निर्वाचनको समयमा राजनीतिक स्थीरता, सुशासन र समृद्धिको नारा दिएपनि सरकारले अहिले निर्वाचनको प्रतिबद्धताअनुरुप काम गर्न नसकेको टिप्पणी गर्नुभयो । जनताले आशा गरेअनुसार आर्थिक समृद्धिको नारा कार्यान्वयन हुन नसकेको र अत्यावश्यक सामानमा मूल्यवृद्धि भएर जनताले दुःख पाइरहेको उहाको भनाई थियो । नेता सिंहले कांग्रेसलाई प्रभावकारी ढंगले अगाडि लैजान आफूहरु लागिरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू