अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा,  स्वास्थ्य सेवा प्रभावित

बिआरटीनेपाल २०७५ असोज १५ गते ९:१९ मा प्रकाशित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा व्यवस्थापन समिति मार्फत नियुक्त भएका २ सय ९० जना कर्मचारीहरु नियमित तलब पाउनुपर्ने, करारका कर्मचारीलाई स्थायी र स्तरवृद्धि गर्नुपर्ने माग गर्दै सबै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ सय कर्मचारी ५ विगत दिनदेखि आन्दोलित छन् । कर्मचारी आन्दोलनका कारण प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अत्यावश्यक बाहेक सबै सेवा ठप्प वनेका छन् । सबैभन्दा बढी बिरामी जाने प्रदेशकै ठूलो अस्पतालमा कर्मचारकिो हड्ताल हुँदा स्वास्थ्य सेवा नराम्ररी प्रभावित वनेको छ ।
कर्मचारी युनियनले आफ्नो माग पूरा नभएसम्म हड्ताल जारी रहने जनाएको छ । प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाले भने आफ्नो क्षेत्राधिकार भित्रको कर्मचारीको माग पूरा गर्न सक्ने तर त्यो भन्दा बाहिर निर्णय गर्न नसक्ने वताउदै आउनुभएको छ । अस्थायीलाई स्थायी बनाउने आफूहरुको अधिकार बाहिरको कुरा भएकाले सम्बोधन गर्न नसक्ने थापाको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू