अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:३२ मा प्रकाशित

नेपाली कांग्रेसले सरकारविरुद्ध सड्क र सदनवाट आन्दोलन चर्काउने चेतावनी दिएको छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिनुभएको हो । शनिबार रुपन्देहीमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले वर्तमान सरकारले भ्रष्टाचार, बलात्कार, हत्या तथा महँगी नियन्त्रण गर्नुको सट्टा संरक्षण गरेकाले सडक र सदनबाट आन्दोलन गर्नुपर्ने वाध्यता आईपरेको उल्लेख गर्नुभयो ।

जनतासँग सरोकार राख्ने विषयमा स्थानीय र राष्ट्रियस्तरबाट शान्तिपूर्ण आन्दोलन गरिने उहाँको भनाइ थियो । अबको १० वर्षभित्रमा चीनबाट कम्युनिस्ट सरकार हराउने दाबी गर्दै सचेतक खाँडले नेपालमा पनि ओलीको सरकार नांगिदै गएकाले कम्युनिस्ट शासन धेरै समय नटिक्ने दावी गर्नुभयो । अर्को एक प्रसंगमा नेता खाँणले सन्चारमाध्यमले कांग्रेसको समाचारलाई प्राथमिकता नदिएकाले जनतामाझ कुराहरु पुग्न नसकेको गुनासो समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू