अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

पर्यटन दिवसको अवसरमा पोखरामा पर्यटकको स्वागत

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:४६ मा प्रकाशित

३९ औँ विश्व पर्यटन दिवसका अवसरमा पोखरामा पर्यटकलाई स्वागत गरिएको छ । हवाई मार्ग हुदै पोखरा झरेका पर्यटकलाई पोखरा विमानस्थलमा स्वागत गरिएको हो । पश्चिमान्चल होटल संघ पोखराको संयोजकत्वमा पोखरा पर्यटन परिषद् लगायत पर्यटन सम्बद्ध विभिन्न १४ वटा सङ्घ संस्थाका प्रतिनिधिले सामुहिक रुपमा विमानस्थलमा पर्यटकहरुको स्वागत गरेको पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

विहीवार बिहान तारा एअरलाइन्स र बुद्ध एअरलाइन्सको विमानबाट पोखरा विमानस्थलमा उत्रिएका विदेशी पर्यटक सँगै आन्तरिक पर्यटकलाई बाजागाजा सहित फुलमाला लगाई स्वागत तथा सम्मान गरिएको थियो । सम्मानपछि पर्यटकहरु बाजाको तालमा नाचगानमा समेत सरिक भएका थिए ।

यसैवीच, पर्यटन दिवसकै अवसरमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले मिनि सडक महोत्सवको आयोजना गरेको छ । लेकसाइडको बाराही घाटदेखि खहरे सम्मको झण्डै १ किलोमिटर सडक क्षेत्रमा मिनि सडक महोत्सव आयोजना गरिएको लागेको रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले वताउनुभयो । महोत्सव साँझ ५ बजेबाट राति १२ बजे सम्म संचालन हुनेछ । महोत्सवमा विभिन्न देशका खाना, नेपाली मौलिक सांस्कृतिक नृत्य, नेवारी तयामचाः नाच, पञ्चेबाजा तथा पप् व्याण्डहरुको प्रस्तुती रहने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू