अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

प्रतिनिधि सभा सदस्य मोहन आचार्यद्वारा सडक निर्माण कार्यको सिलान्यास

बिआरटीनेपाल २०७५ असोज ११ गते ८:०८ मा प्रकाशित

रसुवा,  रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्य मोहन आचार्यले भूकम्प बाट विस्थापित रसुवा उत्तर गया गाउँ पालिका  गोगने र तिरुका परिवारलाई तिरु एकीकृत बस्तीमा स्थानान्तरण गर्न सडक निर्माण कार्यको शिलान्यास गर्नु भयो । 

सडक शिलान्यास सँगै तिरुमा एकीकृत बस्ती निर्माण गर्ने कामको सुरुवात भयको छ । सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मोहन आचार्यले तिरुमा एकीकृत बस्ती निर्माण पछि विस्थापित परिवारलाई जिविको पार्जन गर्न सहज हुने बताउनु भयो । संवृद्ध रसुवा निर्माण अनभियान अन्तर्गत कृषि र पर्यटन विकासमा जोड दिएको उहाँले बताउनु भयो । २०७२ सालको भूकम्पबाट रसुवाको गोगने र तिरूमा गरी ४५० परिवार विस्थापित भएका थिए ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू