अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

पोखराकी श्रेयाको वलत्कार र हत्यामा संलग्न पक्राउ- सार्वजनिक गर्ने तयारी

बिआरटीनेपाल २०७५ असोज १० गते ०:४५ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया वालिका श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो । श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरि ३ जना उपर अधिक अनुसन्धान गर्दा एक जनाले अपराध स्विकार गरेको वताईएको छ । पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीका अनुसार वलत्कार र हत्यामा संलग्नहरुलाई आजै अपरान्ह पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने भएको छ । डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्ने देखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो । मंगलबार विहान ८ बजे स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । मंगलवार मध्य रात सम्ममै अनुसन्धान पश्चात् अपराधका संलग्न पक्राउ गर्न प्रहरी सफल भएको हो ।

सोमबार साँझदेखि हराएकी श्रीया विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल जाँदा एकाएक हराएकी थिईन् । मंगलबार बिहानै उनलाई झाडीमा मृत अर्धनग्न भेटिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू