अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

यातायातमा १० प्रतिशत भाडा वृद्धि विरुद्ध विद्यार्थीहरु आन्दोलित

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:३६ मा प्रकाशित

सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णय विरुद्ध विद्यार्थीहरु आन्दोलित वनेका छन् । उनीहरुले भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै सरकारलाई दवाव दिएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध अनेरास्ववियूले सरकारलाई दवाव दिन आज राजधानीमा प्रदर्शन ग¥यो । काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन उसले सरकारलाई दवाव दिएको हो ।

दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले वताउनुभयो । अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको प्रर्दशनका सहभागिहरुले दुई तिहाई बहुमतको सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरुले सरकारलाई जनअपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराउदै यातायातमा बढाएको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू