अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

सधैँभरि पार्टी सभापति वन्ने अहंकार र स्वप्न नदेख्न कांग्रेस नेता केसीको नेतृत्वलाई सुझाव

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:२१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले सधै सभापति वन्ने अहंकार नराख्न र स्वप्न नदेख्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ । काठमाण्डौंमा आज आयोजित एक साक्षात्कारमा वोल्दै उहाँले पार्टीलाई सामूहिक नेतृत्व पद्धतिमा लैजान र निर्वाचन पद्धतिबाट पदाधिकारी नियुक्त गर्न आग्रह गर्नुभयो । गुट/उपगुट र गिरोह-उपगिरोहको अब पार्टीभित्र कुनै अर्थ नरहेको उल्लेख गर्दै केसीले १५ प्रतिशत पदाधिकारी मात्रै मनोनित गर्नुपर्ने ठहर गर्नुभयो ।

पार्टी हुकुमी शैलीबाट चलिरहेको आरोप लगाउदै नेता केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्र्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढी चुनौती रहेको वताउनुभयो । कांग्रेसको लागि अहिले जटिल एवम् चुनौतीपूर्ण कालखण्ड भएकोले पार्टी अब नेतामुखी नभएर जनतामुखी र संस्थामुखी हुनुपर्ने उहाँको भनाई थियो । एउटा व्यक्तिलाई सिंगारेर पार्टी बलियो बनाउने पद्धति लिनु सर्वथा गलत हुने केसीको तर्क रहेको छ ।

लोकतन्त्रलाई अझै मजबुत र सशक्त बनाउने प्रक्रियामा पार्टीको विधानमा निर्वाचन गर्ने र निर्वा्चित प्रतिनिधिहरूबाट (महाधिवेशनबाट) नै पदाधिकारी, संसदीय समिति र अनुशासन समितिजस्ता समितिहरू निर्माण हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको केसीले दोहो¥याउनुभयो । पार्टीमा एउटै व्यक्तिको विचारलाई मानेर हिँड्नु अधिनायकवादी शासन पद्धति हुने बताउँदै उहाँले लोकतान्त्रिक संगठनमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू