अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

प्रदीप र जसिताको सिनेमा लव स्टेसनको मुहर्त

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:०७ मा प्रकाशित

अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेसन’को शुभ मुहुर्त गरिएको छ। सिनेमाको सोमबार बिहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो । सिनेमाको छायाङ्कन भने शुक्रवारबाट भारतको दार्जिलिङबाट हुनेछ। यसको लागि सिनेमाको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायक नायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन् । 

उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा लव स्टेसनको सम्पूर्ण छायाङ्कन भारतको दार्जिलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पूर्वी भेगका इलाम फिक्कल हुनेछ। ५० दिनको छायाङ्कन तालिका रहेको सिनेमामा प्रदीप र जसितासँगै मिस सिलगढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरूको अभिनय रहनेछ।

यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा केही पृथक् लभ स्टेसन बन्ने पनि प्रदीपले बताए। लिलीबिलीमा प्रदीप खड्का र जसिता गुरुङ सँगको जोडीलाई अत्यधिक रुचाएका थिए। आफ्नो जोडी र सिनेमाको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताए।

आलोक शुक्लाको छायाङ्कन रहने लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत रहने छ। दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । लभ स्टेसनलाई काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गर्न लागेका हुन् । 

प्रतिक्रिया