अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

७ सय ५३ वटै स्थानीय तह बैंकिङ पहुँचमा गभर्नर नेपाल

बिआरटीनेपाल २०७५ असोज ७ गते १०:३० मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले ७ सय ५३ स्थानीय तह मध्ये अव ९७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा कार्यालय पुग्न बाँकी रहेको बताएका छन् ।

आज दोस्रो थोक मूल्य सूचक अध्ययन प्रतिवेदन तथा लघुवित्त सेवा सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गभर्नर नेपालले ति स्थानीय तहमा वाणिज्य बैंकमात्रै नपुगेको तर बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगिसकेको बताए ।

गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंकको समेत उपस्थिति पुर्याउने सरकारी योजना भएको र सो योजना चाडै पुरा हुने दावी पनि गरे ।

त्यस्तै संघीय संरचना पछि निर्माण भएका कतिपय स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेको भनिए पनि त्यो गलत भएको उनको तर्क थियो । वाणिज्य बैंक नपुगेकै भरमा बैंकिङ पहुँच पुगेन भन्न नमिल्ने गभर्नरको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू