अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

संघीय स्वरुपमा चल्ने नेपाली काँग्रेसको तयारी

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:३० मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस आगामी पुस महिनापछि मात्रै संघीय स्वरुपमा चल्ने भएको छ । पार्टीलाई संघीय स्वरुपमा बदल्न नयाँ विधान बनाउन जुटेको काँग्रेसले पूर्ण विधान बनेर अनुमोदन भई कार्यान्वयन हुन र त्यसअनुसारका संरचना बन्न पुस महिना लाग्ने जनाएको छ । विधान निर्माण गर्न ढिला गरेकाले काँग्रेस पुरानै शैली र संरचनामा चल्दै आएको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार विधान निर्माण र अनुमोदनपछि मात्रै काँग्रेस संघीय संरचनामा बदलिनेछ । विधानको प्रारम्भिक मस्यौदा तयार भएको र उक्त मस्यौदा छलफलका लागि लगिदैछ । छलफल सकेर सुझाव समेत समेटेर विधान तयार गरिने कांगे्रस श्रोतले जनाएको छ । उक्त विधान आगामी मंसिरमा बस्ने महासमिति बैठकले अनुमेदान गर्ने जनाईएको छ । । त्यसपछि मात्रै विधान कार्यान्वयन गरिने प्रवक्ता शर्माले जानकारी दिनुभयो । महासमितिको निर्णय अनुसार संघीय संरचना कार्यान्वयनका लागि तदर्थ समिति गठन गर्ने वा सिधै कार्यान्वयनको घोषणाा गर्ने भन्ने निर्णय समेत महासमिति बैठकले नै गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू