अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा वृद्धि

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:१९ मा प्रकाशित
सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ । इन्धनको मुल्यवृद्धि भएसँगै सार्वजनिक सवारी साधनको भाडादरमा १० प्रतिशतले बृद्धि गरिएको हो । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा ईन्धनको अंश ३५५ र अन्य सूचकहरुको अंश ६५५ मानी भाडादर निर्धारण गर्ने नियम रहेको छ ।
यसअघि २०७२ सालमा सार्वजनिक यातायातका सवारी साधनहरुको भाडादर समायोजन गर्दा पट्रोलको प्रतिलिटर मूल्य रु. ९९ डिजेलको मूल्य रु. ७५ कायम भएकोमा वर्तमान अवस्थामा पेट्रोलको प्रति लिटर मूल्य रु. ११४ र डिजेलको प्रतिलिटर मूल्य रु. १०१ कायम रहेकाले भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । बढेको भाडादर असोज ७ गतेबाट लागू भएको पनि विभागले उल्लेख गरेको छ ।
काठमाण्डौ पोखराको भाडा यसअघि ३८९ रुपैयाँ भाडा रहेकामा वृद्धि भएको भाडा अनुसार ४२८ कायम भएको छ । नेपालगञ्ज पोखराको भाडा ८१६ रहेकामा बृद्धि भएपछि ८९८ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू