अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

वेगनासतालमा जलकुम्भी हटाउने मेसिन दुर्घटना, मानवीय क्षती भने ट¥यो

बिआरटीनेपाल २०७५ असोज ६ गते ९:३२ मा प्रकाशित

पोखराको वेगनासतालमा जलकुम्भी पन्छाउने मेसिन दुर्घटनामा परेको छ । भयानक दुर्घटना भएपनि मेसिनमा सवार सवैजना भने शकुसल रहेका छन् । मेसिनमा चढी जलकुम्भी झार निकाल्ने क्रममा आज उक्त दुर्घटना भएको थियो । मेसिन दुर्घटनामा परेसंगै पोखरा महानगर वडा नं. ३१ का अध्यक्ष कमल वहादुर थापा, वडा सदस्य विष्णु वहादुुर भूजेल, बेगनास युवा क्लवका अध्यक्ष राम वहादुर रानाभाट, पत्रकार नवराज सुवेदी, वडा नं. ३१ का इन्जिनियर र मेसिन चालक लगायत तालमा डुबेका थिए ।

भिडियो

बेगनासताल वृहत सफाईको २९ औं हप्ताको कार्यक्रम अन्तर्गत आज बिहानैदेखि बेगनास, लेखनाथ क्षेत्रका सामाजिक व्यक्तित्वहरु तालको सरफाईमा जुटेका थिए । सो क्रममा जलकुम्भीको ठूलो झाडी भएको स्थानमा मेसिनले जलकुम्भी पन्छाउन लाग्दा एक्कासी मेसिन दायाँ तर्फ कोल्टिदा दर्जनजति व्यक्ति तालमा खसेका थिए । दुर्घटनामा परेका सवैकोे अवस्था सामान्य रहेको जनाईएको छ । यसअघि, भदौं २३ गते वेगनासतालमा डुंगा पल्टदा त्यसमा सवार ८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू