अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 08:37

प्रियंकासँग रोमान्स गर्दै देखिए गायक सरोज ओली (भिडियो सहित)

बिआरटीनेपाल २०७५ असोज ५ गते १०:५२ मा प्रकाशित

प्रियंका कार्की र सरोज ओली अभिनीत “ए कालु” बोलको म्युजिक भिडियो रिलिज भएको छ। चर्चित गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् । “तिमीलाई देखेपछि आई लभ यु”,“जता जता पिरतीको बाटो”,“माछीले खाने खोलीको लेउ”,“पानी कुवाको” जस्ता हिट गीतका गायक हुन् सरोज ओली । गायनसँगै सरोजले अभिनयको यात्रालाई “ए कालु” म्युजिक भिडियो मार्फत पनि निरन्तरता दिएका छन् । 

मलिना राईको आवाजमा स्वबद्ध गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् । चन्द्र घिमिरेले लेखेको शब्दमा वसन्त सापकोटाले सङ्गीत दिएका छन् । सुदीप बरालले छायाङ्कन गरेको भिडियोलाई टे केन्द्र शाहले सम्पादन गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू