अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लियो

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:४४ मा प्रकाशित

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लन सफल भएको छ । दक्षिण एसियामा भारत सबैभन्दा अगाडी रहँदा नेपालले भने एक स्थान सुधार गरेको हो । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाल नयाँ वरियतामा १६०औँ स्थानमा छ । नेपाल र बेलिको समान १००४ अंक छ र दुवै संयुक्त रुपमा १६० औँ स्थानमा छन् ।

यसैवीच, पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा फिफा वरियताको शीर्ष स्थानमा रहेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्वर महिनाको लागि जारी गरेको वरियतामा बेल्जियम र फ्रान्स संयुक्त रुपमा पहिलो स्थानमा छन् । दुवैको कूल अंक समान १७२९ रहेको छ । अघिल्लो महिना बेल्जियम दोस्रो स्थानमा थियो । तर वरियताको २५ वर्षे इतिहासमा दुवै टिमले पहिलो स्थान सेयर गरेको यो पहिलो पटक भएको फिफाले जनाएको छ । शीर्ष देशमा कुनै परिवर्तन भएको छैन ।

यस्तै एक स्थान तल झरेपनि भारत दक्षिण एसियामा सबैभन्दा अगाडी ९७ औँ स्थानमा छ । साफ च्याम्पियन्सिप जितेको माल्दिभ्स पनि एक स्थान तल झरेको छ । यस्तै भुटान १८८औँ, बंगलादेश १९३औँ, श्रीलंका १९८औँ र पाकिस्तान १९९औँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू