अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:२६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीको एकाधिकार स्विकार्य नहुने वताउनुभएको छ । उहाँले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै पनि प्रकारको एकाधिकार अस्विकार हुने वताउनुभएको हो । काठमाडौँमा बिहीबार आयोजित नेपाल निर्माण व्यवसायी महांसघको २०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिने वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत काम गर्न आग्रह सम्वद्ध सवैलाई आग्रह गर्नुभयो ।

व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने उहाको भनाई थियो । व्यवसायीको हितमा मात्र नभई समग्र जनताको हितमा काम गर्न आग्रह गर्दै ओलीले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही गरिने चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भएकाले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न आग्रह गर्दै कमीकमजोरी रहेका कानून परिमार्जन गर्न सरकार तयार रहेको वताउनुभयो ।

संविधान जारी भएपछि अधिकार प्राप्तिको आन्दोलनको चरणबाट आर्थिक विकास, उन्नति र समृद्धिको चरणतर्फ मुलुक प्रवेश गरेको भन्दै प्रधानमन्त्रीले सबै क्षेत्रबाट योजनाबद्ध तरिकाले काम अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा वौल्दै महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले भौतिक पूर्वाधारलाई अलग राखेर समृद्धि हुन नसक्ने भन्दै समयमा गुणस्तरीय निर्माण नहुनुमा व्यवसायीलाई मात्र दोषी ठह¥याउन नहुने वताउनुभयोे । सार्वजनिक खरीद ऐनमा र मुलुकी अपराध संहिता, २०७४ मा रहेका कतिपय दफालाई व्यावहारिक बनाइनुपर्ने र संशोधन गर्नुपर्ने श्रेष्ठको माग थियो । कार्यक्रममा ज्येष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानन्धरलगायतलाई सम्मानित गरिएको थियो । साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू