अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

नेपाल मोडलिङ सङ्घले आयोजना गरेको सर्जक सम्मान भव्यताको साथ सम्पन्न

बिआरटीनेपाल २०७५ असोज ३ गते ११:५५ मा प्रकाशित

काठमाडौँ : समाजका विभिन्न क्षेत्रमा सेवा गरेका लब्ध प्रतिष्ठित व्यक्तिलाई “नेपाल आमा रत्न सम्मान सर्जक सम्मान २०७५” प्रदान गरिएको छ । नेपाल मोडलिङ सङ्घले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सर्जक सम्मान गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष दिनेश शाहीका अनुसार अमेरिकामा सङ्घको शाखा विस्तारका अवसरमा सम्मान गरिएको हो । 

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, काँग्रेस नेतृ सुजाता कोइरालाको आतिथ्यमा मोडल, अभिनेता–अभिनेत्री, गायक–गायिका, सङ्गीतकार, चलचित्र निर्देशक, पत्रकार, सौन्दर्य व्यवसायी तथा राष्ट्रिय स्तरका खेलाडी, समाजसेवीलाई सम्मान गरेका हुन् । 

होटेल अन्नपूर्णमा आयोजित कार्यक्रममा शिव श्रेष्ठ, कृष्ण मल्ल, अर्जुन कार्की, वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, पूरण जोशी, शर्मिला मल्ल, सूर्य चन्द, सुशील बराल, प्रियंका कार्की, शुभेच्छा थापा, पूजना प्रधान, राम केशर बोगटी, रवीन्द्र खड्का, नवल खड्का, रमेश बुढाथोकी, निखिल उप्रेती, लक्ष्मी गिरी, समन अधिकारी, वर्षा सिवाकोटी, रवि गिरी, छविराज ओझा, आयुष्मान देशराज, आशिर्मान देशराज, प्रताप दास, रविना देशराज, आना शर्मा, शोभित बस्नेत, आयुषी शाह, नीराजन थापा, रुवी राणा शाह, उषा खड्गी, रमिता भण्डारी, माल्भिका सुब्बा, राज भाइ सुवाल, महेश प्रधान, सञ्जय रौनियार, दीपक घिमिरे र अनुप सक्सेनालगायत दर्जनौँलाई सम्मान गरिएको हो ।

अमेरिकाको ब्रुमफिल्ड कोलोराडोमा नवराज श्रेष्ठको अध्यक्षतामा शाखा विस्तार गरिएको जानकारीसमेत गराइएको छ । कलाकारितामा लागेकाहरूको सम्मान र हौसलाका लागि सम्मान कार्यक्रम गरिएको सङ्घका अध्यक्ष शाहीले बताए । 

प्रतिक्रिया