अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहन्छौं –राजपा नेता कर्ण

बिआरटीनेपाल २०७५ असोज २ गते ९:१४ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाई रहने वताउनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले संविधान दिवसको दिन देशैभरि विभिन्न जिल्लामा प्रदर्शन र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गरी कालो दिवसको रुपमा मनाउने वताउनुभयो ।

संविधान दिवसलाई कालो दिवस मनाउनको लागि आफ्नो पार्टीका सबै नेताहरु जिल्ला–जिल्ला प्रस्थान गरिसकेको नेता कर्णको भनाई थियो । संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिलेपनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु घाइते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको तथा सयौं जनामाथि सरकारले झुठो मुद्दा चलाएको उल्लेख गर्दै उहाँले त्यसकारण संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने प्रष्ट पार्नुभयो ।

यद्यपी कर्णले आफूहरुले सुरुदेखि नै संविधान संशोधनको माग गरेको भएपनि संविधान पूनर्लेखन नै गर्न भनेर माग नगरेको स्पष्ट पार्नुभयो । आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे दशैं तिहारपछि मात्रै ठोस निर्णय लिने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू