अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

तपस्वी राम वं बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक – बोद्यी श्रवण धर्म संघ

बिआरटीनेपाल २०७५ असोज १ गते ९:२६ मा प्रकाशित

बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै बोद्यी श्रवण धर्म संघले खण्डन गरेको छ । सोमबार काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले आरोपको खण्डन गरेको हो । संघका सह–सचिव केवल लामाको नाममा संघले जारी गरेको विज्ञप्तीमा एकजना आनी धर्मशीलपालना गर्न आपूmलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले आनीलाई हतियार बनाएर बलात्कार भएको जस्तो जघन्य आरोप लगाउने कोशिस गरिएको र उक्त आरोप कपोलकल्पित र झुटो रहेकोले भत्र्सना र खण्डन गरिएको जनाईएको छ ।

संघका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको बताउँदै कपोकल्पित र झुठो आरोपको सरकारले खोजबिन गर्नुपर्ने वताउनुभयो । संघका पूर्व अध्यक्ष कमानसिंह लामाले वम्जनमाथि आरोप लगाउने गंगा मोक्तानलाई आर्थिक हिनामिना गरेको आरोपमा संघले कारबाही गरेको स्मरण समेत गराउनुभयो । कार्यक्रममा वोल्दै बलात्कारको आरोप लगाउने गंगा मोक्तानका बुवा माआत्मा गुरु मार्ग गुरु रणे मोक्तानले छोरीले गुरु बम्जनमाथि लगाएको आरोप झुठो र कपोकल्पित भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू