अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 11:27

न्यायधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा कानुनमन्त्रीको पछि हट्ने ‘संकेत’

बिआरटीनेपाल २०७५ असोज १ गते ९:२४ मा प्रकाशित

नेपाल सरकारका कानुनमन्त्री भानुभक्त ढकालले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउने विषयमा पछि हट्ने ‘संकेत’ गर्नुभएको छ । ढकाल अघि मन्त्री भएका नेकपाका सांसद शेरबहादुर तामाङले न्यायाधीशको आरचण कायम राख्नका लागि उनीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने घोषणा गरेका गर्नुभएको थियो । तर, तामाङले बंगलादेशमा पढ्ने छात्राको चरित्रबारे टिप्पणी गरेपछि रुँदै राजीनामा गरेर बाहिरिनुभएको थियो ।

तामाङले राजस्व छली, भ्याट छली, कर छली जस्ता फैसलामा प्रश्न उठेको उल्लेख गर्दै न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गरेर न्यायालयलाई पारदर्शी बनाउन आवश्यक रहेको वताउदै आउनुभएको थियो । तर, कानुनमन्त्री ढकालले सोमबार पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुनबारे पछाडि हट्ने ‘संकेत’ गर्नुभयो । उहाँले अन्य सरकारी कर्मचारी जस्तै न्यायाधीशहरूले पनि वर्षमा एक पटक सम्पत्ति विवरण बुझाउने गरेको वताउनुभयो ।

मन्त्री ढकालले आफूले समेत सांसद बन्दा, नयाँ आर्थिक वर्षको सुरूवातमा र मन्त्री बन्दा सम्पत्ति विवरण बुझाएको उल्लेख गर्नुभयो । तमाङले सम्पत्ति विवरण बुझाउने कानुन भए पनि सार्वजनिक गर्ने कानुन नभएको उल्लेख गर्दै त्यो काम आफूले गर्ने वताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू