अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

राज्य संयन्त्र अपराधी लुकाउन लाग्नु दुर्भाग्यपूर्ण– कमल थापा 

बिआरटीनेपाल २०७५ भदौ ३० गते ८:५३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले न्याय माग्दै जनता सडकमा उत्रनुपर्ने अवस्था आउनु दुखद भएको वताउनुभएको छ । दुई तिहाइ सरकार रहेको बेलामा राज्य संयन्त्र नै अपराधी लुकाउन र ढाकछोप गर्न प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको अध्यक्ष थापाले वताउनुभयो । काभ्रेको धुलिखेलमा शनिबार पार्टी भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ’निर्मला पन्त बलात्कारपछि हत्या घटनामा राज्य संयन्त्र अपराधी लुकाउन प्रयोग हुनु निर्लज्जताको पराकाष्ठा’ भएको ठहर गर्नुभएको छ ।

अगुवा कार्यकर्ता भेलामा प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापा, आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, उदय सिंह मुस्याजु, महिला नेतृ यवती कार्की लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू