अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

मनकामना मन्दिरको पुर्ननिर्माणको काम सम्पन्न, मन्दिरमा १८ किलो सुनको जलप

बिआरटीनेपाल २०७५ भदौ २९ गते ९:२९ मा प्रकाशित

प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ । जीर्णोद्वार गरिएको मन्दिरमा तामाको पातामा सुनको जलपले पोतिएको छ । सुनकै जलप लगाएर गजुर समेत राखिएको छ । १८ किलो सुन खर्चेर मन्दिरमा जलप लगाइएको समितिले जनाएको छ । १३ करोड रुपैयाँमा जीर्णाेद्वार सकिएको मन्दिर २०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो । जीर्ण भएको मन्दिरलाई भूकम्पले थप जीर्ण भएपछि भत्काइएको थियो ।

नेपाल सरकार र भक्तजनबाट आएको रकमबाट जीर्णाेद्वार सम्पन्न भएको मन्दिर जीर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । जीर्णोद्वारको काम सकिए पनि सरसफाइको काम बाँकी रहेकोले सो काम सकेपछि दसैंमा भक्तजनले मन्दिरमै पूजा गर्न पाउने जनाईएको छ । अहिले मनकामना मन्दिरकै छेउमा मन्दिरको प्रतिमा बनाएर पूजा गर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारको ४ करोड र भक्तजनको ८ करोड रुपैयाँले मन्दिर जीर्णोद्वार गरिएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू