अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

कञ्चनपुरमा कालो सारी लगाएर मनाईयो तीज

बिआरटीनेपाल २०७५ भदौ २७ गते २०:१२ मा प्रकाशित

महेन्द्रनगर । भाद्र शुक्ल तृतीयाका  दिनमा मनाइने हरितालिका तीज पर्व देशभर हर्सोउल्लासका साथ पूजा आराधना गरी मनाइयो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । प्राय तीजको दिन रातो पहिरनमा सजिएर नाच गाउन गर्दै शक्तिपिठहरुमा पूजा अर्चना गरी मनाइने यो चाड प्रदेश नम्बर सातको महेन्द्रनगरका महिलाले भने न त महेश्वरको पूजा आराधना गरे न त सुख, शान्तिको कामना नै।

१३ वार्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग र बलात्कारीलाई फाँसीको व्यवस्था माग गर्दै कञ्चनपुरका महिलाहरू कालो सारी लगाएर तीज मनाएका हुन ।

हेलेन श्रेष्ठको नेतृत्वमा निर्मला पन्तका बलात्कारीलाई सार्वजनिक गर, बलात्कारीलाई फाँसीको सजायका लागि संविधान सशाधेन गर भन्ने ब्यानर सहित महिलाहरू कालो सारी लगाएर महेन्द्रनगर बजारको चौकमा जम्मा भएर तीज मनाउँदै सरकारलाई खबरदारी गरिरहेका गरेका थिए।। यसअघि महेन्द्रनगरका महिलाहरूले पनि स्थानीय पर्व गौरालाई पनि यस्तै रूपमा मनाइएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू