अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

सरकारले हुकुमी शासन चलाउन खोजेको काँग्रेस नेता पौडेलको आरोप

बिआरटीनेपाल २०७५ भदौ २४ गते ८:२६ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल सरकार लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाउनुभएको छ । बरिष्ठ नेता पौडेलले सरकारले नागरिक स्वतन्त्रता समेत हनन् हुनेगरी सबै संवैधानिक निकायलाई समेत निकम्मा बनाउने काममा लागिपरेको भन्दै आपत्ति पनि जनाउनुभयो ।

नेता पौडेलले न्यायालयलाई समेत हस्तक्षेप गरेर मुुलुकमा हुकुमी शासन चलाउन सरकार लागि परेको दाहो¥याउनुभयो । आईतबार वीपी कोइरालाको १ सय ५ औं जयन्तीको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले वीपीको जीवन दर्शनबाट सिकेर कम्युनिष्ट नेतृत्वको सरकारको जनता विरोधी कदम रोक्न एकताबद्ध हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रेस स्वतन्त्रताको समेत हनन् गरिरहेको आरोप लगाउँदै सरकारको आलोचना गर्नुभयो । मूल्य वृद्धि लगायतका काम गरेर सरकारले नागरिकलाई मारमा पार्ने काम गरेको उपसभापति निधिको भनाई थियो । कार्यक्रममा नेपालको राजनीतिमा विपी कोइरालाको चिन्तनले पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू