अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप अस्वीकार्य हुँदैनः कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:३२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप कुनैपनि हालतमा स्विकार्य नहुने वताउनुभएको छ । वुटवलमा आज आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै देउवाले स्वतन्त्र पे्रशमाथि कसैले पनि हस्तक्षेप गर्न नहुने वताउनुभयो । पत्रकार र सञ्चारमाध्यमहरूलाई पार्टीगत आस्थाभन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिँदै उहाँले प्रेस स्वतन्त्रतामाथि कसैले हस्तक्षेप गरे कांग्रेस त्यसको विपक्षमा उभिने स्पष्ट पार्नुभएको छ ।

कार्यक्रममा वोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को स्थायी राजधानी बुटवलमै रहने र यहाँबाट अन्यत्र सार्ने विषयमा कसैलाई पनि प्रयास नगर्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू