अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

पोखराको बेगनासतालमा डुंगा दुर्घटना, २ जनाको मृत्यु, अन्य ५ जना वेपत्ता, ३ जनाको सकुशल उद्धार

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:२३ मा प्रकाशित

पोखराको बेगनासतालमा आज अपरान्ह भएको डुंगा दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २८ कालिकाका कृष्ण कुमारी वजगाँई र तनहुँ भिमादका जमुना गैरे रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेगनासताल वारीबाट पारी आफन्तको घरमा जानेक्रममा १० जना यात्रु सवार डुंगा पल्टिदा अन्य ५ जना बेपत्ता भएका छन् ।

वेपत्ता हुनेहरुमा नवलपरासीको गैडाकोटका ३२ वर्षीय रवि खनाल, उहाँका २ छोराहरु क्रमशः ७ वर्षका शंकर खनाल र ८ वर्षीय शिव खनाल, पोखरा २८ कालिकाका ५ वर्षीय प्राचिन पौडेल, मृतक जमुना गैरेका छोरा रञ्जित गैरे रहेका छन् । वेपत्ता अर्का एक जनाको पहिचान खुल्न सकेको छैन । उनी कृष्णकुमारी बजगाँईको घरमा काम गर्ने व्यक्ति रहेको प्रहरी र स्थानिय वासिन्दाले आशंका गरेका छन् ।

 

दुर्घटनामा परेका ३ जनाको भने सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमा सपना खनाल, निशा पौडल र कमलराज कडेँल रहेका छन् । उनीहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । डुंगा वाट एक वालक अचानक तालमा खसेपछि उनलाई बचाउने क्रममा डुंगा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको जनाईएको छ । वेपत्ताहरुको खोजी कार्य जारी रहेको कास्की प्रहरी प्रवक्ता रविन्द«मान गुरुङ्गले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू