अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

पार्टी कमिटी र जनवर्गीय संगठनको एकीकरण सम्बन्धमा व्यापक छलफल गरिने – नेकपा नेता माधव नेपाल

बिआरटीनेपाल २०७५ भदौ २० गते ९:१८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कमिटी र जनवर्गीय संगठनहरूको एकीकरणका सम्बन्धमा पार्टीभित्र व्यापक छलफल गर्ने वताउनुभएको छ । पार्टी कमिटी र जनवर्गीय संगठनहरूको एकीकरणका सम्बन्धमा आफू पक्षीय केही नेताहरूले असन्तुष्टि जनाइरहेका बेला वरिष्ठ नेता नेपालले त्यस सम्बन्धमा पार्टीको सचिवालय बैठकमा व्यापक छलफल गर्ने प्रतिक्रिया दिनुभएको हो ।

नेता नेपालले पार्टी कमिटी र जनवर्गीय संगठनहरूको एकीकरणको कामलाई अन्तिम टुंगो लगाउने काम स्थायी समिति बैठकले गर्ने जानकारी दिनुभयो । अमेरिकास्थित नेपाली संघ, संस्थाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी भइ बुधबार स्वदेश फर्किएका वरिष्ठ नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका सबै विभाग, कमिटी र प्रवासमा रहेका जनवर्गीय संगठनको एकीकरणको काम छिट्टै सम्पन्न हुने दाबी गर्नुभयो ।

पार्टीको जनवर्गीय संगठन र कमिटीहरूको एकीकरणका लागि कार्यदल स्तरमा छलफल भइरहेको नेता नेपालको भनाइ थियो । वरिष्ठ नेता नेपालले अमेरिकामा रहँदा आफूले त्यहाँ रहेका नेपाली समुदायले आयोजना गरेको फिल्म फेष्टिबलमा पनि सहभागी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू