अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय नभएको परराष्ट्रमन्त्री ज्ञवालीको स्पष्टोक्ति

बिआरटीनेपाल २०७५ भदौ २० गते ९:१४ मा प्रकाशित

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको वताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिमस्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पष्ट पार्नुभयो । यही भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेक सम्मेलन भएको थियो ।

नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको उल्लेख गर्दै उहाँले बिमस्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल नभएको जानकारी गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे मङ्गलबारको संसद्को बैठकमा स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू