अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

रसुवा कन्सट्रक्सन कंम्पनि व्दारा निर्माण अबधि भन्दा १८ महिना अघिनै पूलनिर्माण कार्य सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ १७ गते २१:१२ मा प्रकाशित

बर्दिवास– निर्माण व्यबसायीले जिम्मालिएको काम समयमै सम्पन्न नगर्ने गुनासो आईरहेको बेला रसुवा कन्सट्रक्सन कंम्पनिले भने निर्माण अबधि भन्दा १८ महिना अधिनै पूल निर्माण सम्पन्न गरेर गतिलो उदाहरण प्रस्तुत गरेको छ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्माण गरिएको पूल निर्धारित अवधिभन्दा १८ महिनापूर्व नै नयाँ पुल निर्माण कार्य सम्पन्न गरि रसुवा कन्सट्रक्सन कंम्पनिले उच्च  व्यबसायीक्ता प्रस्तुत गरेको छ।

विसं २०७३ असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी  रसुवा कन्सट्रक्सन काठमाडौँले २०७६ पुस मसान्तमा पुल निर्माण सम्पन्न गरी उच्च व्यबसायीक्ता प्रस्तुत गरेको हो।

२५० मिटर लम्बाई र १०.९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै साउन प्रयोगमा आउने भएपछि  अहिले निर्माण कम्पनीको तत्परताको सबैले सराहना गरेका छन् ।

‘पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल लाइफलाइन नै हो’ निर्माण कम्पनीका अघ्यक्ष  ईन्जिनियर राजेन्द्रराज आचार्यले सञ्चारकर्मी भने, “हामीले रातदिन मिहिनेत गयौँ त्यसैले निर्धारित समय भन्दा १८ महिना अधिने पुल निर्माणको कार्य सकिएको छ अब छिट्टै पूल संत्र्चालनमा आउने छ।

पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा (पाया) भासिएपछि आवतजावतमा कठिनाई भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो।

प्रक्रिया अघि बढेसँगै २०७३ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । यो पुल रु २४ करोड ६० लाख बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो ।

आइगर्डर (प्रिस्टेस) डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०/१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू