अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

धरहरा पुनर्निर्माण ठेक्काको आर्थिक प्रस्ताव खोलियो

बिआरटीनेपाल २०७५ भदौ १७ गते १०:०२ मा प्रकाशित

सबैभन्दा कम कबुल गर्ने जिआइइटिसी–रमन जे भी
काठमाडौँ,  भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ । आइतबार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ । यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।

धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालीका–रसुवा जे भी, जिआइइटिसी–रमन जे भी, जेडआइइसी–लामा जे भी, सिआरफाइभसिइसी–स्वच्छन्द जे भी, आशिष् कन्ट्रक्सन र कुमार सिएफइसी गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । यीमध्ये आशिष् कन्ट्रक्सन प्राविधिक मूल्याङ्कनबाटै बाहिरिएको थियो ।

धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालीका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका छन् ।

प्राधिकरणका सहसचिव राजु मान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ । मानन्धरले आशयपत्रका लागि सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने जानकारी दिनु भयो ।

प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू